टी–ट्वान्टी विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा « Nagarik Khabar

टी–ट्वान्टी विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा



काठमाडौं । टी–ट्वान्टी विश्वकप छनोटको बन्द प्रशिक्षण ५ गतेदेखि हुने भएको छ । त्यसका लागि आज मंगलबार २५ खेलाडीको नामावली घोषणा गरिएको छ । आइसीसी टी–२० विश्वकको एशिया फाइनलका लागि पहिलो चरणमा २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।
२५ जनाको टोलीले असार ५ गतेदेखि बन्द प्रशिक्षण सुरु गर्नेछ । सिंगापुरमा जुलाई २२ देखि २८ सम्म प्रतियोगिता सञ्चालन हुनेछ । छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।

आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले मंगलबार प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा नन्दन यादवले पहिलो पटक स्थान बनाएका छन भने जितेन्द्र मुखीया र राजु रिजाल पनि पुनः स्थान बनाउन सफल भएका छन ।

पहिलो चरणमा समावेश गरिएका २५ खेलाडीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल,अभिनाश बोहोरा,अमित श्रेष्ठ,बसन्त रेग्मी,भिम शार्की,विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी जितेन्द्र मुखिया, करण केसी, कुशल भुर्तेल, ललित भण्डारी रहेका छन् ।

त्यस्तै ललित नारायण राजवंशी, आरिफ शेख, नन्दन यादव, पवन सराफ, प्रदिप ऐरी, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दिप लामिछाने, साहव आलम, शरद भेषवाकर, सोमपाल कामी, सन्दिप जोरा, सुसन भारी पनि समावेश भएका छन्।

प्रतियोगितामा नेपालले २३ जुलाईमा कतारसँग खेल्दै सुरुवात गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: