गुठी विधेयक फिर्ता लिने सरकारको निर्णय « Nagarik Khabar

गुठी विधेयक फिर्ता लिने सरकारको निर्णय



काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा आर्यालले पत्रकार सम्मेलन गरेर यो जानकारी दिएकी हुन् ।

विधेयकलाई लिएर जनसमुदायमा विभिन्न किसिमका भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई नै बिथोल्ने कोसिस भएको सरकारको दाबी छ । विधेयकबारे सम्बन्धित सरोकारवालाहरुसँग थप छलफल गर्न परामर्श गर्न आवश्यक देखिएको हुँदा राष्ट्रियसभामा पेश गरिएको सो विधेयक फिर्ता लिइएको मन्त्री आर्यालको भनाइ छ ।

सरोकारवाला निकायको चर्को दवावपछि सरकारले सो विधेयक फिर्ता लिने निर्णय गरेको हो । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँग पनि सो विधेयकका सम्बन्धमा परामर्श गरेका थिए । सरोकारवाला निकायले पनि सो विधेयक फिर्ता लिन दवाव दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: