५ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा ६४ वर्षीय वृद्ध पक्राउ « Nagarik Khabar

५ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा ६४ वर्षीय वृद्ध पक्राउ



काठमाडौं । आफ्नै ५ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

५ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सार्की थरका ६४ वर्षीय पुरुषलाई पक्राउ गरिएको जनाएको छ । प्रहरीका अनुसार उनलाई मंगलबार बिहान तेह्रथुमस्थित शुक्रबारेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनले आफ्नै ५ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शुक्रबारे तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: