काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भर्खरै मात्र गुठी सम्बन्धी विधेयक फिर्ता लिएको समाचार सुनेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले यसलाई भूमी सुधार मन्त्री पद्मा कुमारी अर्यालको ‘बोल्ड’ निर्णयका रुपमा व्याख्या गरे ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्न खोज्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री ओलीले आज बेलुका ५ बजे सिंहदरबारमा पत्रकार सम्मेलन गरेका छन् । प्रधानमन्त्रीको पत्रकार सम्मेलन जारी छ ।