काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टेलिभिजनहरुले गर्ने गरेको सम्बोधनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
नेपाली टेलिभिजनहरुले जसलाई पनि तिमी भन्ने गरेको प्रसँग उठाउँदै प्रधानमन्त्री ओलीले तपाईं भन्ने सम्बोधन गर्नै नजानेको उल्लेख गरे ।
यसले नेपाली सभ्यता, संस्कृति र परम्परालाई असर पारिरहेको प्रधानमन्त्रीको भनाई थियो । सामाजिक सञ्जालमा गरिने गतिपय गलत सम्बोधनलाई पनि नेपाली मूलधारका सञ्चारमाध्यमले पनि अबलम्बन गरेकामा प्रधानमन्त्रीले असन्तुष्टि पोखे ।