भारतीय नागरिक पेस्तोलसहित पक्राउ « Nagarik Khabar

भारतीय नागरिक पेस्तोलसहित पक्राउ



काठमाडौं । प्रहरीले एकजना भारतीय नागरिकलाई पेस्तोलसहित पक्राउ गरेको छ ।

भारतस्थित उत्तर प्रदेशका ५० वर्षीय उमेश शुक्लालाई मेड इन चेकोस्लोभाकिया लेखेको पेस्तोलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट १ थान पेस्तोल र त्यसको गोली १६ राउन्ड र दुई थान म्याग्जिन बरामद गरिएको प्रहरीले जनाएको छ ।

गौतमबुद्ध विमानस्थलबाट मंगलबार दिउँसो शुक्लालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । बुद्ध एयरको उडानद्वारा भैरहवाबाट पोखरा जान लागेका बेला विमानस्थलको एक्सरे मेसिनद्वारा जाँच गर्ने क्रममा उनको लगेजभित्र उक्त हतियार फेला परेको प्रहरीको भानाइ छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: