समता अस्पतालको सञ्चालक सञ्जेलसहित चार जना पक्राउ « Nagarik Khabar

समता अस्पतालको सञ्चालक सञ्जेलसहित चार जना पक्राउ



काठमाडौं । समता अस्पतालका सञ्चालक उत्तम सञ्जेल सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अस्पतालभित्र विमला तामाङ झुन्डिएको अवस्थामा भेटिएपछि अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

अस्पतालमा क्लिनरको रुपमा काम गरिरहेकी तामाङको अस्पतालभित्र झुन्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले विरोध गरेका थिए । मृतकका आफन्तले दिनभर विरोध गरेपछि अस्पताल दिनभर तनावग्रस्त भएको थियो । पीडित पक्षले सत्य तथ्य छानविनका लागि आन्दोलन थालेपछि प्रहरीले भीडलाई तितर वितर गर्न चार राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नरेन्द्र चन्दले अस्पतालको सञ्चालक सहित चार जनालाई नियन्त्रणमा लिएको बताएका छन् ।

यो पनि पढ्नुहोस ।

 समता अस्पताल प्रकरण: मृतकका आफन्तलाई लक्षित गर्दै अश्रुग्यास प्रहार

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: