इनर्जी ड्रिंक्स र सिन्थेटिक जुस आयातमा प्रतिबन्ध « Nagarik Khabar

इनर्जी ड्रिंक्स र सिन्थेटिक जुस आयातमा प्रतिबन्ध



काठमाडौं । सरकारले इनर्जी ड्रिंक्स र सिन्थेटिक जुसको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार सूचना सार्वजनिक गर्दै क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ (इनर्जी ड्रिंक्स) र फ्लेवर्ड सिन्थेटिक ड्रिंक्स (जुस) को आयातमा पूर्णरुपमा प्रतिबन्ध लगाइएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो १० महिना (साउनदेखि जेठ) सम्ममा ८२ करोड २० लाख रुपैयाँको एक करोड ३६ लाख ७४ हजार लिटर जुस आयात भएको छ । यसबाट सरकारले ५४ करोड रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ।
यसैगरी यही अवधिमा एक करोड ५१ लाख लिटर इनर्जी ड्रिंक्स आयात भएको भन्सारको तथ्यांकमा उल्लेख गरिएको छ ।

यो अवधिमा दुई अर्ब नौ करोड रुपैयाँका यस्ता पेय पदार्थ आयात भएको भन्सारले उल्लेख गरेको छ । सरकारले यसबापत एक अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

मन्त्रिपरिषदको गत जेठ १० गतेको बैठकको निर्णयको आधारमा तयार सूचनालाई आधार मानेर मन्त्रालयले व्यापार घाटा न्यूनीकरण कार्ययोजनाअनुसार यो सूचना सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: