नगर प्रमुखमाथि आक्रमण, बैठकमै गिलास र बोतल प्रहार « Nagarik Khabar

नगर प्रमुखमाथि आक्रमण, बैठकमै गिलास र बोतल प्रहार



मन्थली । मन्थली नगरपालिकाको सोमबारको बैठकमा भुक्तानीसम्बन्धी विवादमा कार्यपालिकाका केही सदस्यले नगर प्रमुख रमेशकुमार बस्नेतमाथि आक्रमण गरेका छन् ।

कार्यपालिकाका ४ सदस्यले चिया गिलास, टेबल नेमप्लेट र पानीको बोटलले प्रहार गर्दा नगर प्रमुख बस्नेतको निधार नजिक चोट लागेको छ ।

कार्यपालिकाकै केही सदस्यले आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिएपछि झडपले उग्र रुप लिन पाएन । आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: