काठमाडौं । समाजसेवीका रुपमा ख्याती कमाएका सिन्धुलीका उज्वलविक्रम थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्दैछन् ।
पशुपति शमसेर जवरा नेतृत्वका राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा केन्द्रीय सदस्य थापा आज एक समारोहबीच कमल थापा नेतृत्वको राप्रपा प्रवेश गर्न लागेका हुन् ।
थापा नेतृत्वमा सिन्धुली जिल्लाका राप्रपा संयुक्तका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, युवा अध्यक्ष, भूपू सैनिक, प्रहरीका अध्यक्ष पनि राप्रपा प्रवेश गर्दैछन् ।
गतिशील राजनीति र समाजसेवामा सक्रिय हुन रुचाउने उज्वल थापाको यो राप्रपा प्रवेशले राप्रपा संयुक्तमा नराम्रो झड्का लागेको छ । राप्रपा संयुक्तमा पनि थापा प्रभावशाली नेताका रुपमा सक्रिय थिए ।
राजनीतिक सक्रियता र गतिशील राजनीतिका लागि राप्रपा प्रवेश गर्न लागेको उनले बताएका छन् । थापासहित राप्रपा संयुक्तका केही नेता कार्यकर्ताहरु आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित अल्फाबिटामा एक समारोहको आयोजना गरी पार्टी प्रवेश गराउने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।