दोस्रो कार्यकालका लागि ट्रम्पको चुनावी अभियान सुरु « Nagarik Khabar

दोस्रो कार्यकालका लागि ट्रम्पको चुनावी अभियान सुरु



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा अमेरिकामा हुने राष्ट्रपतिय निर्वाचनको लागि चुनावी अभियानको घोषणा गरेका छन् ।

मंगलबार फ्लोरिडामा हजारौँ समर्थकको भेला माझ ट्रम्पले चुनावी प्रचारको औपचारिक घोषणा गरेका हुन् ।

समर्थकलाई सम्बोधन गर्ने क्रममा उनले फ्लोरिडालाई आफ्नो दोस्रो घर भएको बताए । त्यस्तै उनले विपक्षी डेमोक्रेटले देशलाई ‘विभाजन’ गर्न उद्दत रहेको आरोप लगाउन सम्म भ्याए ।

भेलालाई सम्बोधन गर्दै ट्रम्पले भने ,‘ हामीले अमेरिकालाई महान् बनाइ राख्नुपर्छ । आज म तपाईंका अघि अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालको लागि चुनावी अभियान औपचारिक रुपमा सुरु गर्दैछु ।’

फ्लोरिडा अमेरिकाको राष्ट्रपति निर्णायक हुने थोरै राज्यमध्येमा पर्छ । सन् २०१६ मा ट्रम्पले थोरै मतले यस राज्यबाट जित हासिल गरेका थिए ।

सुरुवाती मतसर्वेक्षणमा ट्रम्प केही सम्भावित डेमोक्रेट प्रत्यासीभन्दा पछाडि देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: