एजेन्सी । इन्डियाज गट ट्यालेन्ट सेभेन र मास्टरशेफ इन्डियाजस्ता चर्चित कार्यक्रममा काम गरिसकेका सिनियर पोष्ट प्रोड्युसर सोहन चौहान मृत अवस्थामा फेला परेका छन् ।
मुम्बईको आरे कोलोनीस्थित रोयल पाम्स सोसाइटीको एक पोखरीमा उनको शव भेटिएको हो । आइबार बिहान करिब साढे सात बने स्थानीयले शव तैरिरहेको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
शव पोस्टमार्टमका लागि सिद्धार्थ अस्पताल लगिएको छ । मृत्युको कारण पत्ता लाग्न सकेको छैन ।
भारतीय सञ्चारमाध्यमका अनुसार सोहन पछिल्लो समय एक्लै बस्दै आएका थिए । चौहानको शरीरमा चोटको निशाना भेटिएको छैन । सिसिटिभी फुटेज अनुसार सोहनलाई हातमा बोतल लिएर बाहिर निस्किरहेको देखिएको थियो ।