प्रहरी अधिकृतलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने यादव पक्राउ « Nagarik Khabar

प्रहरी अधिकृतलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने यादव पक्राउ



काठमाडौं । प्रहरी अधिकृतलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहरालाई आर्थिक प्रलोभन देखाई प्रभाव पार्न खोजेको भन्दै प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी ३९ वर्षीय इन्द्रनारायण यादवलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षकको कार्यकक्षमा आई यादवले तपाईसँग केही काम गराउँछु, तपाईंलाई पनि मिलाउँछु भन्दै आर्थिकरूपमा अनुचित प्रभावमा पार्न खोजेपछि यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

अवैध समानसहित तीन पक्राउ

प्रहरीले सिरहाको विभिन्न स्थानबाट करीब तीन लाख मूल्य बराबरको अवैध समानसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको औरही–४ बाट करीब दुई लाख मूल्य बराबरको अवैध कपडासहित सिरहाको अर्नामा गाउँपालिका–३ निवासी बिन्देश्वर महतो र औरही गाउँपालिका–४ निवासी बिजुली यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी औरहीबाट खटिएको टोलीले शङ्का लागेर स४प १११५ र स८प ११६ नंको मोटरसाइकल जाँच गर्ने क्रममा अवैधरूपमा ल्याउँदै गरेको कपडा अन्य सामानसहित दुवैलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: