बागलुङको बरेङमा कृषिको प्राविधिक तालिम « Nagarik Khabar

बागलुङको बरेङमा कृषिको प्राविधिक तालिम



बागलुङ । बागलुङको बरेङ गाउँपालिकामा मसला बाली सम्बन्धी प्राविधिक तालिम सञ्चालन भएको छ । कृषि सेवा शाखा कार्यालय बरेङको आयोजनामा सोमवारदेखि सुरु तालिमको आज समापन हुने कृषि सेवा शाखा कार्यालयले जानकारी दिएको छ ।

तालिममा गाउँपालिकाका भित्रका वडा नम्बर १, २ र ३ का २५ जना अगुवा कृषकहरू सहभागी भएका छन् । मसलाजन्य बालीहरू अलैंची, अदुवा तथा बेसारको उत्पादन, स्याहार सुसार, उपचार, भण्डारण लगायतका विषयमा बताइएको कृषि सेवा शाखा कार्यालय बरेङका कृषि प्राविधिक सहायक चन्द्रकान्त कुमार भुजले बताए ।

भुजले भने, “बरेङ गाउँपालिकामा अलैंची खेती विस्तार भएकाले अलैंची सम्बन्धी तालिम केन्द्रित गरिएको छ ।” तालिमको दोस्रो दिन मङगलबार नमुना अलैची पकेट क्षेत्र बरेङ गाउँपालिका २ ठुलादलेङमा, तालिममा सहभागी कृषकहरू सहित अवलोकन गरी व्यावहारिक सिकाइ गराइएको साथै कृषक हर्षित भएको उल्लेख गरे ।

बरेङ गाउँपालिका हुग्दिशिरमा अवस्थित ‘ठुलादलेङ नमुना अलैँची समूह’ लाई यसअघि नै बरेङ गाउँपालिकाकै अलैंची पकेट क्षेत्र घोषणा गरिसकिएको कृषि शाखा कार्यालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: