सर्वोच्चले लोक सेवालाई भन्यो : समावेशीताका आधारमा पुनः विज्ञापन गर्नु « Nagarik Khabar

सर्वोच्चले लोक सेवालाई भन्यो : समावेशीताका आधारमा पुनः विज्ञापन गर्नु



 

काठमाण्डौ । लोक सेवा आयोगको विज्ञापनलाई लिएर भईरहेको विवाद सर्वोच्च अदालतले टुंग्याईदिएको छ । सर्वोच्च अदालतले लोक सेवा आयोगलाई समावेशिताको आधारमा पुनः विज्ञापन गर्न निर्देशन दिएको छ ।

लोक सेवा आयोगले समावेशी सिद्धान्त विपरित विज्ञापन गरेको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले छुट्टाछुट्टै दायर गरेको रिट निवेदनमाथि बुधबार संयुक्त छलफल गरेर सर्वोच्चले यस्तो निर्देशन दिएको हो ।

लोक सेवा आयोगको विज्ञापनमाथि विभिन्न व्यक्तिले सर्वोच्चमा रिट निवदेन दिएका थिए । पछिल्लो तीन निवेदनमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो । यस्तै स्थानीय तहमा कार्यरत करार र अस्थायी कर्मचारीका तर्फबाट १२१ जनाले आयोगले स्थानीय तहका लागि खोलिएको विज्ञापन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

पहिलो रिटमा छलफलका लागि मंगलबार लोक सेवा आयोगलाई बोलाएको सर्वोच्चले बुधबार सबै रिटमा संयुक्त छलफल गरेर यस्तो निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: