प्रदर्शनकारी आफैँले उठाए माइतीघरको फोहोर (भिडियोसहित) « Nagarik Khabar

प्रदर्शनकारी आफैँले उठाए माइतीघरको फोहोर (भिडियोसहित)



काठमाडौं । गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन भइरहदा एक टोली भने फोहोर संकलनमा लागेका थिए । सो टोली वातावरण सरसफाई अभियानकर्ता नभएर प्रदर्शनकारीहरुकै समूह थियो ।

प्रदर्शनकारीले प्रयोग गरेका पानीको बोत्तल, चिसो र जुसको बट्टा, प्लास्टिकको झोलामा हाल्नु उक्त टोलीको काम थियो । माइतीघरको त्यो भीडमा प्लास्टिको झोला बोकेर उनीहरु फोहोर खोज्दै हिँडिरहेका थिए ।

‘आन्दोलनको नाममा फोहोर गर्नु हुँदैन । हामीले सफा गर्नु पर्छ । यहाँ हजारौं मान्छे आएको छ ।’ एक फोहोर संकलकले भने, ‘फोहोर पनि उस्तै हुन्छ । यसकारण फोहोर व्यवस्थापन गर्नु हाम्रो दायित्व हो ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: