गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता हुनुपर्छ : खाँड (भिडियोसहित) « Nagarik Khabar

गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता हुनुपर्छ : खाँड (भिडियोसहित)



काठमडौं । नेपाली कांग्रेसले राष्ट्रियसभामा छलफलको प्रक्रियामा रहेको गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन सरकारसँग माग गरेको छ ।

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मन्त्रीस्तरीय निर्णयबाट मंगलबार फिर्ता लिएको गुठी विधेयक राष्ट्रियसभाबाट पनि फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग उनले सरकारले सो विधेयक फिर्ता लिए पनि गुठियारहरुको मागलाई मनैदेखि स्वीकार गर्न नसकेको दावी गरे । सरकारले सडक र सदनको दबाब थेग्न नसकेपछि गुठी विधेयक फिर्ता लिन बाध्य भए पनि त्यसलाई मनैदेखि स्वीकार नगरेको प्रमुख सचेतक खाँडको दावी छ ।

उनले प्रधानमन्त्री केपी ओलीले मन्त्री पद्मा अर्यालले सो विधेयक फिर्ता लिएको पत्रकार सम्मेलनबाट जानकारी पाएको भनेपछि के सरकारले सो विधेयक गुठियारहरुको मागलाई सम्बोधन गर्न फिर्ता लिएको हो ? भन्ने आशंका जन्माएको प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: