मुस्लिम संघका अध्यक्षको आक्रोस : लोकसेवा आयोगले किन मुस्लिमलाई हेपेको ? (भिडियो-वार्ता) « Nagarik Khabar

मुस्लिम संघका अध्यक्षको आक्रोस : लोकसेवा आयोगले किन मुस्लिमलाई हेपेको ? (भिडियो-वार्ता)



काठमाडौं । नेपालको अन्तरिम संबिधान २०६३ ले महिला, दलित, जनजाति लगायतलाई आरक्षणको व्यबस्था गरेपछि मधेश, मुस्लिम र थारुले आफ्नो पहिचान गुम्ने खतरा देखेर आन्दोलन गरेका थिए। जसको परिणाम संबिधान संशोधन गरेर मुस्लिम, थारु र खस आर्यलाई आरक्षणको सुनिश्चतता गरेको थियो ।

अन्तरिम संबिधानमा मुस्लिमलाई मधेशी क्लष्टरमा राखिएको थियो। आन्दोलनको उपलब्धी स्वरुप नेपालको संबिधान २०७२ मा मुस्लिम लगायतका बिभिन्न आठवटा क्लष्टरलाई समाबेशीको सूचीमा राखिएको छ।

तर, संविधानले दिएको अधिकारको धज्जी उडाउँदै लोकसेवा आयोगले जेठ १५ गते स्थानीय तहमा खाली रहेको ९ हजार १६१ पदका लागि गरेको दरखास्त आव्हान पूर्णतः असमावेसी रहेको राज्य व्यवस्था समितिले ठहर नै गरिसहेको छ । असमावेसी रुपमा कर्मचारी नियुक्ति संविधानको भावनाविपरित भयो भन्दै अहिले नेपालका आदिवासी जनजाति, महिला, मुस्लिम, दलित, मधेसी लगायत समुदाय आन्दोलनमा छन् ।

नेपाल मुस्लिम संघले यो विज्ञापनले समावेसी सिद्धान्तको पक्षधरमध्ये पनि मुस्लिम समुदाय बढी मारमा परेको स्पष्ट गरेको छ । विज्ञापन पूर्ण असमावेसी रहेको भन्दै संघका अध्यक्ष अब्दुल सतारले लोकसेवा जस्तो संवैधानिक निकायले संविधानको धज्जी उठाएको बताए ।

समावेसीमा पनि केही क्लस्टरलाई मात्र समावेस गरेर अर्को बदमासी गरेको पनि उनको आरोप छ । मुस्लिम समुदायलाई पुरै बाइपास गरेर लोकसेवा आयोगले अन्याय नै गरेको उनको भनाइ छ ।

हेर्नुहोस अध्यक्ष अब्दुल सतारसित गरिएको भिडियो अन्तर्वार्ता-

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: