समाजसेवी उज्वल थापा राप्रपामा प्रवेश « Nagarik Khabar

समाजसेवी उज्वल थापा राप्रपामा प्रवेश



काठमाडौँ । समाजसेवी एवं राप्रपा संयुक्तका केन्द्रीय सदस्य उज्वल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । काठमाडौँमा बुधवार आयोजित पार्टी प्रवेश कार्यक्रममा सिन्धुली ट्रष्टका अध्यक्षसमेत रहेका थापासहित विभिन्न तहका नेताहरू कमल थापा नेतृत्वको राप्रपामा प्रवेश गरेका हुन् । थापासहित राप्रपा संयुक्तका केन्द्रीय सदस्य दिनेश कार्की लगायत विभिन्न तहका नेताहरू औपचारिक रूपमा राप्रपा प्रवेश गरेका हुन ।

समाजसेवी थापासहितका नेताहरूलाई पार्टीमा स्वागत गर्दै राप्रपा अध्यक्ष कमल थापाले सबैलाई उचित जिम्मेवारी दिने बताए । उनले विवादित गुठी विधेयकको विरुद्धमा भइरहेको आन्दोलनमा समर्थन र ऐक्यवद्धता जनाए । उनले पार्टी भन्दा माथि उठेर पाटीृको नाम र झण्डाको प्रयोग नगरिकन सबै आन्दोलनमा साथ दिन कार्यकर्तालाई निर्देशन दिए ।

पार्टी प्रवेश कार्यक्रममा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, तोरणबहादुर गुरुङ लगायत नेताको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: