उपकप्तान ज्ञानेन्द्र कोसी मल्टिपल कलेजको सद्भावनादूत « Nagarik Khabar

उपकप्तान ज्ञानेन्द्र कोसी मल्टिपल कलेजको सद्भावनादूत



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल बिराटनगरको कोसी मल्टिपल कलेजको सद्भावनादूत नियुक्त भएका छन् । यससम्बन्धमा ज्ञानेन्द्रले बुधबार कलेजसँग सम्झौता गरेका छन् । सम्झौताको रकम खुलाइएको छैन ।

उनी आगामी पाँच वर्षसम्मका लागि कोसी मल्टिपल कलेजको सद्भावदूत रहने छन् । सम्झौताअनुसार कलेजले ज्ञानेन्द्रसँगको सहकार्यमा क्रिकेट प्रशिक्षण आयोजना गर्ने छ । साथै कलेजले राष्ट्रियस्तरको अन्तरकलेज क्रिकेट प्रतियोगिताको आयोजनासमेत गर्ने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: