कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा मात्रै हो : थापा « Nagarik Khabar

कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा मात्रै हो : थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्टको विकल्पमा राप्रपा नै एक मात्र पार्टी रहेको बताएका छन् ।

राप्रपाले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देशलाई विकल्प दिनका लागि पनि राप्रपा अग्रसर हुनुपर्ने बताए ।

दुई तिहाई जनमत कम्युनिष्ट सरकारका लागि बाँदरको हातमा नरिवल जस्तै भएको भन्दै उनले कम्युनिष्टहरु विचलित बनिरहँदा देश संकटमा परेको आरोप लगाए ।

राप्रपाले नै देशलाई विकल्प दिएर शान्ति र स्थायित्व दिनुपर्ने बताउँदै अध्यक्ष थापाले विकल्प प्रस्तुत गर्ने हो भने कांग्रेस र कम्युनिष्टका युवा पंक्तिलाई आकर्षित गर्नुपर्ने बताए । राप्रपालाई पूर्वपञ्चहरूको पार्टी मात्र बनाएर राप्रपाको उद्धेश्य प्राप्ति गर्न नसकिने पनि उनले बताए ।

सो कार्यक्रममा अध्यक्ष थापाले राप्रपा संयुक्तका केन्द्रीय सदस्य उज्वल विक्रम थापा, दिनेश कार्की लगायत दजनौं नेता कार्यकर्ताहरुलाई राप्रपामा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: