कृतीले जितिन् एशियन कुराशमा काश्य « Nagarik Khabar

कृतीले जितिन् एशियन कुराशमा काश्य



काठमाडौं । थाइल्याण्डमा भएको छैटौं एशियन यु–२० जुनियर कुराश च्याम्पियनसिपमा नेपाली खेलाडी कृती शर्माले काश्य पदक जितेकी छिन् । महिलाको ५७ केजी तौल समूहमा उनले पदक जितेकी हुन् ।

आठ राष्ट्रको प्रतिस्पर्धा रहेको ५७ केजी तौल समूहको सेमिफाइनलमा कृती उज्वेकिस्तानकी खेलाडी मामासाहेवा इरोदासँग पराजित भएकी थिइन । प्रतियोगितामा अन्य दुई नेपाली खेलाडी बिपल तुलाधर र शेरबहादुर घर्तीले पनि बिहीबार प्रतिस्पर्धा गर्दै छन् । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: