काठमाडौं । नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ पुनः दक्षिण एसियाली ट्रायथलन संघ (साटा) को अध्यक्षमा निर्वाचित भएका छन् । दक्षिण कोरियाको योङ्गजुमा भएको दक्षिण एशियाली ट्राईयाथलन संघको साधारण सभाले निलेन्द्रलाई पुनः आगामी चार वर्षका लागि निरन्तरता दिएको हो ।
संघको उपाध्यक्षमा मालदिभ्सका माहिद सरिफ, महासचिवमा भारतका राकेश गुप्ता, कोषाध्यक्षमा बंगलादेशका महमुदुल करिम र सदस्यमा श्रीलङकाका साम विक्रमासिंघे चुनिएका छन् ।