राष्ट्र बैंकको तथ्यांक– तराईमा कम हिमाल धेरै मूल्यवृद्धि « Nagarik Khabar

राष्ट्र बैंकको तथ्यांक– तराईमा कम हिमाल धेरै मूल्यवृद्धि



काठमाडौं । राष्ट्र बैंकका अनुसार मुलुकका अन्य भू–भागको तुलनामा हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि भएको छ । क्षेत्रगत उपभोक्ता मुद्रास्फीति हिमालमा ६.१ प्रतिशत पुगेको हो ।

गत आ.व.को सोही अवधिमा त्यस्तो मुद्रास्फीति ६.३ प्रतिशत थियो । गत वर्षको तुलानामा चालु आ.व.को दश महीनामा ०.२ प्रतिशत मूल्यस्फीति घटेको हो ।

काठमाडौं उपत्यकामा ६.०५, पहाडमा ५.० र तराईमा ४.९ प्रतिशत उपभोक्ता मुद्रास्फीति रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ६.३, ३.३, ५.७ र ४.० प्रतिशत रहेको थियो ।

नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत र भारतको ३.१ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४.१ प्रतिशत र भारतको ४.९ प्रतिशत थियो । थोक मुद्रास्फीति ५.२ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति २.० प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: