लोक सेवाको विज्ञापन विवाद : चारवटै निवेदन एकै इजलासमा हेरिने « Nagarik Khabar

लोक सेवाको विज्ञापन विवाद : चारवटै निवेदन एकै इजलासमा हेरिने



काठमाडौं । सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादसँग सम्बन्धित चारवटा रिट निवेदन एउटै इजलासमा राखेर हेरिने भएको छ ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले बुधबार आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी सबै विवाद एउटै इजलासमा सुनुवाइ गर्ने आदेश जारी गरेको हो ।

मङ्गलबार न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले बुधबार लोक सेवा आयोगको सो विज्ञापनसम्बन्धी परेका चार वटै निवेदनलाई सँगै हेर्ने आदेश जारी गरेको थियो । मंगलबार एउटा निवेदनको सुनुवाइ भएको थियो । बुधबार चारै रिटलाई सँगै राखेर एउटै इजलासमा हेरिने आदेश भएको हो ।

आयोगले स्थानीय तहका विभिन्न पदका लागि गरेको विज्ञापनको विवादमा परेका चारवटै मुद्दामा सुनुवाइ भइसकेको छ । ती सबैलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने हुनेछ । आयोगले गत जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका लागि भन्दै नौ हजार, १६१ सिटका लागि विज्ञापन गरेको थियो । जुन विज्ञापन समावेशी सिद्धान्तविपरीत भएको रिट निवेदनमा उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: