काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान संकायका डिन प्रा.डा. शम्भुप्रसाद पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान अयोगले नियन्त्रणमा लिएको छ । डिन पटेललाई घुससहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
डिन पटेलले कलेजको सम्बन्धन नवीकरण गराईदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा पछ्याएको अख्तियारको टोलीले उनलाई घुससहित नियन्त्रणमा लिएको जनाएको छ ।
उनलाई सेवाग्राहीसँग ५० हजार घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ ।
‘त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, विज्ञान संकायका सहायक डिन प्रो।डा।शम्भु प्रसाद पटेलले कलेजको सम्बन्धन नवीकरण गराईदिने भनी घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले निज शम्भु प्रसाद पटेललाई सेवाग्राहीसँग रू. ५०,०००।– (अक्षरुपी पचास हजार) घुसबापतको रकम लिइसकेको अवस्थामा,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त घुस रकम सहित किर्तिपुर ट्यङ्लाफाँट स्थित स्टिकस फास्ट फुड एन्ड क्याफेबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।’