न्युजिल्यान्डलाई दक्षिण अफ्रिकाले दियो २४२ रनको लक्ष्य « Nagarik Khabar

न्युजिल्यान्डलाई दक्षिण अफ्रिकाले दियो २४२ रनको लक्ष्य



लण्डन । जारी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाले न्युजिल्यान्डसामु दुईसय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । बर्मिङहममा टस हारी पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले परिमार्जित ४९ ओभरमा ६ विकेट गुमाएर दुईसय ४१ रनको योगफल तय गरेको हो ।

वर्षाले खेल सुरु हुन केही ढिला भएपछि खेल ४९ ओभरमा छोट्याइएको थियो । दक्षिण अफ्रिकाका लागि दुई खेलाडीले अर्धशतक प्रहार गरे । रसी भान डर डुसेनले अविजित ६७ र प्रारम्भिक ब्याट्सम्यान हसिम अम्लले ५५ रनको अर्धशतकीय पारी खेले ।

भान डर डुसेनले ६४ बलको आफ्नो पारीमा तीन छक्का र दुई चौका प्रहार गरेका थिए । दक्षिण अफ्रिकाका लागि ऐदेन माक्र्रमले थप ३८, डेभिड मिलरले ३६ र कप्तान फफ्फ दु प्लेसिस्ले २३ रन जोडेका थिए ।

प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डी कक पाँच रनमै आउट हुँदा एन्दिली फेहलुक्वायोले खाता खोल्न सकेनन् । क्रिस मोरिस ६ रनमा अविजित रहे । न्युजिल्यान्डका लोकी फर्गुशन एक्लैले तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५९ रन खर्चिएका थिए ।

यस्तै ट्रेन्ट बोल्ट, कोलिन डी ग्रान्डहोम्मी र मिचेल सन्तनरले एक/एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: