त्रिविमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा « Nagarik Khabar

त्रिविमा ‘गोल्ड मेडल’ नै किनबेच हुने गरेको खुलासा



काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई दिइने गोल्ड मेडल खरिद–बिक्री हुने गरेको खुलेको छ ।

गोल्ड मेडल खरिद–बिक्रीमा संलग्न त्रिविका एक कर्मचारी र विद्यार्थीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइरालालाई आयोगले पक्राउ गरेको हो ।

पाटन क्याम्पसमा अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययनरत कोइराला पेसाले अधिवक्ता हुन् ।

आफूलाई गोल्ड मेडलिस्ट बन्ने रहरमा उनले कर्मचारी कर्माचार्यसँग आर्थिक डिल गरेका थिए । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: