काठमाडौंमा युवतीमाथि शृंखलावद्ध प्रहार : आखिर किन ? « Nagarik Khabar

काठमाडौंमा युवतीमाथि शृंखलावद्ध प्रहार : आखिर किन ?



काठमाडौं । तीन दिनअघि पकनाजोलकी एक युवतीलाई घरबाहिर निस्केकी थिइन् । मोटरसाइकलमा आएका युवा उनलाई पछाडिबाट ढाडमा तिखो वस्तुले घोचेर भागे । उनले न युवा देखिन् न त घोचेको कुरा नै देखिन् ।

सोही दिन पकनाजोलमै अर्की युवतीलाई पनि मोटरसाइकलमै आएका युवा पछाडिबाट प्रहार गरेर भागे । उनी आत्तिएर घर पुगिन् । घोचेको ठाउँमा खास घाउ नदेखिए पनि दुखाइ भने पीडादायी थियो ।

हालसम्म चार युवतीमाथि त्यसरी प्रहार भएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रहारमा परेमा चारै जना युवती उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे । अस्पतालले उनीहरुमाथि आक्रमण भएकाले मानसिक रोगी या लागूपदार्थ सेवनकर्ताले रोग सार्ने सोचले आक्रमण गरेको हुनसक्ने अनुमान गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: