तिम्रो न्यानो अंगालोको माया… (फोटोफिचर) « Nagarik Khabar

तिम्रो न्यानो अंगालोको माया… (फोटोफिचर)



काठमाडौं । नेपाली अभिनेत्री बर्षा राउत र संजोग कोइराला गत बर्ष विवाह बन्धनमा बाँधिएका हुन् ।

सात बर्ष लामो प्रेम सम्बन्धपछि यो जोडीले लगनगाँठो कसेका हुन् । बर्षाको पछिल्लो फिल्म जात्रै जात्रा बक्स अफिसमा निकै सफल रह्यो ।

बर्षाले नाइ नभन्नु ल ४ बाट नेपाली फिल्म क्षेत्रमा पाइला टेकेकी हुन् । छक्का पञ्जा चलचित्रबाट भने उनको राम्रो करिअरको सुरुवात भयो । हाल उनी नेपालकी लोकप्रिय अभिनेत्री बन्न सफल भएकी छन् ।

केही दिनअघि जात्रै जात्राको प्रदर्शनको क्रममा उनी अष्ट्रेलिया पुगेकी थिइन् । जहाँ उनको पहिरनलाई लिएर सामाजिक सञ्जालमा नकारात्मक टिकाटिप्पणी आएको थियो । यसबीचमा उनका पति संजोगले बर्षाको सपोर्टमा आफ्नो प्रतिक्रिया दिएका थिए ।

सामाजिक सञ्जालमा यो जोडीले आफ्ना तस्विरहरु शेयर गरिरहन्छन् । यो जोडीको सम्बन्ध अटुट रहोस् हाम्रो शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: