बलात्कारको प्रयासबाट १५ वर्षीय किशोरी यसरी जोगिइन « Nagarik Khabar

बलात्कारको प्रयासबाट १५ वर्षीय किशोरी यसरी जोगिइन



मकवानपुर । मकवानपुरको भीम फेदी गाउँपालिका–४ की १५ वर्षीया एक किशोरी बलात्कारको प्रयासमा जोगिन सफल भएकी छन् । बलात्कार गर्न खोज्नेलाई स्थानीयले पक्रेर प्रहरीको जिम्मा लगाएका छन् । प्रहरीका अनुसार स्थानीय ३२ वर्षीय नवीन स्याङतानले राती ११ बजेतिर मादक पदार्थ सेवन गरी जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए ।

बलात्कारको प्रयासपछि युवतीले सुरुमा उनको प्रतिकार गरिन् । त्यसपछि पनि उनले प्रयास जारी राखेपछि परिवारका सदस्यलाई बोलाइन् । स्थानीयले बलात्कारको प्रयास गर्ने स्याङ्तानलाई पक्रेर प्रहरीको जिम्मा लगाएका थिए । घरमा सबै सुतिसकेपछि स्याङतान किशोरीको घर पुगेका थिए । अहिले उनी विरुद्ध प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: