‘गुठी विधेयकको विरोध गरेर कांग्रेसले गरिबको गाँसबास खोस्न खोज्यो’ « Nagarik Khabar

‘गुठी विधेयकको विरोध गरेर कांग्रेसले गरिबको गाँसबास खोस्न खोज्यो’



काठमाडौं । सत्तारुढ दल नेकपाका सांसद गंगा चौधरी सद्गौवाले नेपाली कांग्रेसले गुठी विधेयकका बारेमा भ्रम फैलाउने काम गरेको आरोप लगाउनु भएको छ ।

प्रतिनिधिसभाको विहीबारको बैठकको विशेष समयमा बोल्दै उहाँले विधेयकका बारेमा भ्रामक प्रचार गरि चौतर्फी विरोध गर्न लगाएर कांग्रेसले किसानका छोरा छोरीको गाँसबाँस खोस्ने काम गरेको दाबी गर्नुभएको हो । उहाँले भन्नुभयो “सामन्तवादी सोच भएका र खास प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दुखीहरुको मुहारमा खुसी देख्न सकेन । र गुठी विधेयकको बारेमा भ्रामक प्रचार गरेर चौतर्फी विरोध गर्न लगाएर गरिब भुमिहिन किसानहरुको छोरा छोरीको गाँसबास खोस्न प्रयास गरि विधेयक फिर्ता गर्न खेल खेल्यो । ”

उहाँले गुठी विधेयक फिर्ताले गुठी पीडित किसानहरुको भावनामा ठुलो ठेस पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो “गुठी विधेयक फिर्ताले गुठी पीडीत किसानहरुको भावनामा ठुलो ठेस पुगेको छ । गहभरी आँसु लिएर ठेला परेका हात, चिरा परेका खुट्टा, खाना नखाई भोक भोकै ठुलो खुल्ला मैदानबाट लाखौ गुठी पीडीत भूमिहिन किसान भन्दै थिए ‘सरकार तिमीलाई धन्यवाद छ आज हाम्रो निम्ति कम्युनिष्ट सरकार छ ।”

उहाँले धर्म र संस्कृतिको नाममा अहिले पनि सामन्त र मालिकहरुबाट नै राज्यसत्ता सञ्चालन भईरहेको भन्दै रोष प्रकट गर्नुभयो । उहाँले सामन्तहरुको आँखा आफ्ना पुर्वजहरुको पसिना लुट्न लालयित भएको आरोप पनि लगाउनुभयो ।

उहाँले भन्नुभयो “मानौ यो देश मालिकहरुको हो । यहाँ मालिकहरुको आदेशको पालना हुन्छ । यहाँ मालिकहरुकै कुरा सुनुवाई हुन्छ । किन कि यो देश मालिकहरुले नै चलाउने गर्छन । मालिकहरुले अझै पनि धर्म र संस्कृतिलाई विक्रि केन्द्रमा राखेर आकर्षक विज्ञापन गरिरहेका छन् । ”

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: