सरकारको विश्वसनियतामा शंकै शंका « Nagarik Khabar

सरकारको विश्वसनियतामा शंकै शंका



काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले सरकारले लोकतान्त्रिक मुल्य र मान्यता कुल्चिदै गएको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै उहाँले सरकारले प्रतिनिधिसभामा आउनुपर्ने विधेयकलाई राष्ट्रियसभामा लगेको तथा सदनबाट नै फिर्ता लिनुपर्नेमा पत्रकार सम्मेलन गरिएकाले विश्वसनियतामा शंका उत्पन्न भएको बताउनुभयो ।

स्वतस्फुर्त रुपमा धर्म संस्कृति र परम्पराको रक्षाका लागि एकजुट भएको जनसभालाई सरकारले प्रतिगामीहरुको खेल देख्नु खेदपुर्ण भएको भन्दै जनताको भावनामा ठेस पुर्याउने काम नगर्न सरकारलाई सचेत गराउनुभयो ।

गुठी विधेयक, सूचना विधेयक, मिडिया काउन्सिल , मानवअधिकार आयोग सम्बन्धी र राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक चरम विवादमा रहेको भन्दै उहाँले समयमै विवादित विधेयकबारे निकास खोज्न गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारले भ्रष्ट्राचारलाई मलजल गरेको दाबी उहाँले गर्नुुभयो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: