‘मतादेशमाथि जनादेश बिजयी, मन्त्री नै गर्छन् संविधान उलंघन’ « Nagarik Khabar

‘मतादेशमाथि जनादेश बिजयी, मन्त्री नै गर्छन् संविधान उलंघन’



काठमाडौं । राष्ट्रिय जनाता पार्टी (राजपा) नेपालका सांसद राजकिशोर यादवले संसद आफनो कर्तव्यबाट च्यूत भएको आरोप लगाउनुभयो ।

संविधान अनुसार सपथ खाएका सरकारका मन्त्रीले नै संविधानलाई उलंघन गरेर वक्तव्यवाजी गर्दा पनि सदनले कारबाही गर्न नसकेको भन्दै उहाँले संसदीय गरिमा र मर्यादाप्रति जिम्मेवार हुन सभामुखको ध्यानाकर्षण गराउनुभयाो ।

उहाँले जनप्रतिनिधिले दैनिक विभिन्न सरोकारका विषय उठाउने गरेको र जनप्रतिनिधिको आवाजको सम्बोधन नभइरहँदा पनि सदनले त्यस तर्फ सरकारलाई जिम्मेवार बनाउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले गत दुई हप्ता देखि मुलुकको राष्ट्रिय राजनीतिमा ठुलो दुर्घटना हुने आकलनहरु बाहिर आईरहदा पनि त्यसबारे सदनमा बहस हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो “सदनमा सत्तापक्षकै जिम्मेवार नेताले अन्तराष्ट्रिय कारणले गर्दा यो मुलुकको भुगोल बदलिन सक्छ भन्ने प्रश्न उठ्छ र त्यसमा यो सदन गम्भीर भएर चर्चा गर्दैन । प्रधानमन्त्रीसंग प्रश्न सोध्दा प्रधानमन्त्रीले मुर्ति चोरहरुको काम भनेर पन्छिन खोज्दा यो सदनमा बहस हुँदैन ।”

बुधबार माईतीघर मण्डलाको जनसभाले मतादेश माथि जनादेशको बिजयी भएको देखाएकाले जनताले दिएको संकेतलाई समयमै बुझ्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: