नेपालमा मनसुन किन ढिलो हुन थाल्यो ? (भिडियोसहित) « Nagarik Khabar

नेपालमा मनसुन किन ढिलो हुन थाल्यो ? (भिडियोसहित)



काठमाडौँ । नेपालमा बिहीबारदेखि मनसुन सुरु भएको छ । पूर्वी नेपालबाट बिस्तारै मनसुन पश्चिम तर्फ सर्न थालेको छ । सामान्यतया पश्चिमी वायुलाई बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त वायुले विस्थापित गर्ने प्रक्रियालाई मनसुन भनिन्छ ।

मनसुन अवधिभर पश्चिमी वायु विस्थापित हुन्छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको एक दुई दिन भित्र देशैभर मनसुन पुग्छ ।

नेपालमा पछिल्ला केही वर्षदेखि मनसुन ढिलो सुरु भएर ढिलो सकिने गर्छ । सामान्यतया जुन १० मा सुरु भएर सेप्टेम्बर २३मा सकिने मनसुन पछिल्लो दशकमा ढिलो हुन थालेको हो । अघिल्लो वर्ष भने नेपालमा जुन १०मानै मनसुन सुरु भएको थियो । जलवायु परिवर्तन लगायतका विभिन्न कारणले नेपालमा मनसुन ढिलो हुन थालेको अनुमान गरिएको छ ।

मनसुन ढिलो भएपछि नेपालको तराई क्षेत्रमा तापक्रम ह्वात्तै बढेको छ । काठमाडौँ उपत्यकामा यो वर्ष तापक्रम ३३.५ डिग्री सेल्सियससम्म पुग्यो । अघिल्लो वर्ष उपत्यकामा अधिकतम तापक्रम ३२ डिग्री सेल्सियससम्म पुगेको थियो । तराईका केही जिल्लामा तापक्रम झन्डै ४५ डिग्री सेल्सियससम्म पुगेको छ ।

नेपालमा मात्र होइन भारत, श्रीलङ्का र भुटानमा पनि मनसुन ढिलो हुन थालेको छ । मनसुन शुरुभएसंगै तापक्रम थोरै भए पनि कम हुन्छ । तराईमा पनि टन्टलापुर घाम लाग्दैन । नेपालमा पछिल्लो दशकलाई हेर्दा मनसुन ढिलो सुरु भएर ढिलो नै अन्त्य हुने गरेपछि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अध्ययन गरिरहेको वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

यो पनि पढ्नुहोस्ः

नेपालमा भित्रियो मनसुन

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: