काठमाडौँ । अन्तर्राष्ट्रिय योगा दिवस भोलि-शुक्रवार अर्थात् हरेक वर्षको जुन २१ तारेखमा संसारभर विभिन्न कार्यक्रम गरेर मनाईदैछ । नेपालमा पनि सरकारी र गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम भइरहेको छ । भोलि शुक्रवार हुने कार्यक्रम योगको व्यवसायीकरण र स्वास्थ्यसँग जोडिएको छ ।
नेपालमा पछिल्लो समय योग अभ्यासको दर बढेको छ भने हिमालयको देशबाटै योगा सुरु भएकाले नेपालमा योग सिक्नका लागि आउने विदेशीको सङ्ख्या पनि बढ्दो क्रममा छ । आज हामीले योग गर्दा गर्नै नहुने प्रमुख सात कुराका बारेमा जानकारी दिँदै छौँ ।
योग भन्दा पहिला खाना
योग गर्नु भन्दा पहिले खाना खान हुँदैन । झन्डै दुई तीन घण्टा पहिले नै कुनै पनि कुरा खान हुँदैछ । खाना खाएपछि योग गर्दा स्वास्थ्यमा प्रतिकुल असर गर्छ । भोमिटिङ्ग, नोजिया र थकान बढी हुनसक्छ । खाना डाइजेस्ट गर्दा शरीरको शक्ति प्रयोग हुन्छ । त्यस्तो बेलामा योगा गर्दा थप समस्या निम्तिन सक्छ । त्यसैले खाली पेट योग गर्नु उत्तम हुन्छ ।
चोट पटक लागेको बेला
तपाईँलाई शरीरमा कहीँ चोटपटक लागेको छ भने योगा गर्नु हुँदैन । कुनै भागमा चोट पटक लागेको छ भने त्यहाँबाट थप रगत बग्ने, फ्युड बग्ने र चोट पटकमा इन्फेक्सन समेत हुन सक्छ । त्यसैले चोट पटक लागेको बेला योगा गर्नु राम्रो होइन ।
मोबाइलको प्रयोग गर्नु हुँदैन
योग गर्ने समयमा मोबाइलको प्रयोग गर्नु राम्रो होइन । योगा र मोबाइल दुवै एकसाथ गर्नु हुँदैन । यसले योगामा ध्यान दिन सकिँदैन । त्यसैले योगाको समयमा आफ्नो मोबाइल प्रयोग गर्नु राम्रो मानिदैंन । यसले नैरास्यता बढाउन पनि मद्दत गर्छ ।
गलत पहिरन
योग अभ्यासका लागि योग अनुकूलका कपडा मात्र प्रयोग गर्नुपर्छ । पसिना कम सिस्ने खालका कपडा लगाउँदा ध्यान केन्द्रित नहुन सक्छ । त्यस्तै गलत कपडा प्रयोगले योग राम्रोसँग गर्न सकिँदैन भने कतिपय अवस्थामा कपडा च्यातिने हुन्छ । त्यसैले योगको समयमा सही कपडा प्रयोग गर्नुपर्छ ।
योगको समयमा कुराकानी
योग गर्दै कुराकानी गर्दै गर्ने बानी पनि राम्रो होइन । यसले योगबाट हुने फाइदा हुन सक्दैन । त्यति मात्र होइन एक जनाले कुराकानी गर्यो भने अरू सबैको समेत ध्यान विकेन्द्रीत हुन्छ । त्यसैले योगको समयमा कुराकानी गर्नु राम्रो मानिँदैन । योगको समयमा कम बोल्नु नै बुद्धिमान मानिन्छ ।
टावेल नजिकै राख्न भुल्नु हुँदैन
योगको समयमा टावेल आफू नजिकै राख्नु पर्छ । टावेल हुन नसकेपनि हामीले रुमाल नजिकै राख्नु पर्छ । यसले पसिना सफ नगर्न सहयोग गर्छ भने कहिले काहीँ कपडा च्यातिएर हुने समस्याबाट पनि मुक्ति दिन्छ ।
बलको प्रयोग गर्नु हुँदैन
योगको समयमा बल प्रयोग गर्नु हुँदैन । उत्साहमा आएर जबरजस्ती योग गर्दा स्वास्थ्यमा प्रतिकुल असर हुन्छ । शरीरमा विभिन्न प्रकारका समस्या निम्तिन सक्छन् । त्यसैले बिस्तारै योग अभ्यास गर्नु राम्रो मानिन्छ ।