समता अस्पताल प्रकरण: ७२ घण्टा बित्दा पनि किन दर्ता भएन किटानी ? « Nagarik Khabar

समता अस्पताल प्रकरण: ७२ घण्टा बित्दा पनि किन दर्ता भएन किटानी ?



  • अर्जुन पाख्रिन

काठमाडौं । विमला तामाङको मासिक पारिश्रमिक ८ हजार रुपैया थियो । उनले वैशाख ११ गतेबाट समता अस्पतालमा क्लिनरको रुपमा काम गर्न थालेकी थिइन । भारतबाट भर्खरै आएका उनका परिवार आफन्त बाहेक खासै छिमेकीसँग चिनजान थिएन ।

बौद्धको कुमारीगालमा कोठा लिएर बस्दै आएको बिमलाकी श्रीमान बुद्धिराज योञ्जन बताउँछन् । लामो समय भारतमा बसेर आएका कारण आफन्तले नै कुमारीगालमा कोठा मिलाई दिएको योञ्जनको भनाई छ ।

‘हाम्रो बसाई र समता अस्पताल नजिकै भएकाले त्यहाँ सफा गर्ने काम बिमलाले सुरु गरेको थियो । वैशाख ११ गतेबाट काम गरेको हो । तर, तलब दिएको थिएन । असार १४ गतेसम्म काम गरेर दुई महिनाको तलब लिएर मात्रै छोड्छु भनेको थियो,’ उनल भने,‘तर, बिमलाले तलब त पाएन पाएन, ज्यानै लियो अस्पतालले ।’

’बिमलाको मासिक ८ हजार तलब थियो’ उनले भने । उनका अनुसार सोमबार विहान बिमलाले नै खाना पकाएर छोरालाई विद्यालय पठाएकी थिइन ।
‘म सानो तिनो काम गर्छु । विहानै निस्किए । चार बजे तिर श्रीमतीकै मोबाईलबाट फोन आएछ । थाहा पाएन । केही समयपछि फोन गरेको थिए । फोन अफ रहेछ,’ उनले नागरिक खबरसँग भने,‘छोराको चार बजे स्कुल अफ भएपछि ट्युसन छ । श्रीमति कहाँ गयो भनेर सोध खोज गरे । नभेटिएपछि छोरालाइ लिएर आए । यसपछि मात्रै, आफन्तहरु भेला भयो ।’

‘आफन्तहरु भेला भएपछि वरपर सबैलाइ सोध खोज गरेका थियौं । तर, विमला कहाँ छ पत्ता लागेन’, उनले भने ………

अस्पतालको दुइटा कोठा बन्द थियो

अस्पतालभित्र सबै खोज्यौं । तर, भेटिएन । दुईटा कोठा बन्द थियो । त्यो कोठाको चाबी छैन भनेपछि हामीले पनि जरजस्ती गरेनौं । सोमबार रातभरी खोज्यौं । तर, समता अस्पतालमा हाम्रो आफन्तहरु निगरानी थियो ।

मंगलबार अस्पतालको कोठमा नै भेटियो

सोमबार अस्पतालको कमचारीले विमला काम गर्नै आएको छैन भनेको थियो । यसपछि हामीले सिसि क्यामरा हेर्न खोज्दा, स्टाफले आनाकानी गर्यो । पछि प्रहरीसँग सिसि क्यामाराको फुटेज हेर्दा बिमला काममा आाएका मात्रै होइन, चिया पकाएर दिएको सम्म देखियो । ४ बजेपछि भने,उनलाई सिसि क्यामरामा देखिदैन । र, सिसि क्यामरा बन्द छ ।

यसपछि हामीले समता अस्पतालको सञ्चालक उत्तम सञ्जेलका श्रीमति कला अधिकारीसँग बन्द कोठाको चावि मागेका थियौं । सुरुमा दिन मानेन । मेरो भाईले हप्कि दप्कि गरेपछि चाबी दियो । अन्तमा त्यही बन्द कोठा । जुन बाहिरबाट चाबी लगाएको थियो । त्यही कोठामा भेटियो बिमला । उनलाई सलमा झुन्ड्याएको थियो । म छाँगाबाट खसेजस्तै भए ।

बिमलाको गोजिमा तीन जनाको नाम

प्रहरी सहितको टोलीले बिमलाको शरीर चेक गर्ने क्रममा तीन जनाको नाम सहितको कागज भेटिएयो । कागजले घटनालाई थप रहस्यमय बनाएको छ । कागजमा रिसेप्सनको सङ्गीता म्याम, तिर्थ र नाम नखुलेको म्याम लेखिएको व्यक्तिलाई समात्नु भन्ने छ ।

टिचिङ अस्पतालमा शव

बिमलाको शवलाई पोष्टमार्टमका लागि टिचिङ पुर्याएको तीन दिन भइसकेको छ । अहिलेसम्म चिकित्सको रिपोर्ट आउन सकेको छैन । उनका श्रीमान बुद्धिराज योञ्जनका अनुसार प्रहरी अनुसन्धान ढिला हुनु । हस्पिटलको पोष्टमार्टमको रिपोर्ट ढिला आउनु आफैमा संकास्पद छ । यसको निश्पक्ष छानविनका लागि अनुरोध गर्छु ।

७२ घण्टा बित्यो : प्रहरीले लिन मानेन किटानी

समता अस्पतालमा बिमला तामाङ झुन्डिएको अवस्थामा भेटिएको तीन दिन भइसकेको छ । तर, उनी हराएको सोमबार नै हो । उनको शव मात्रै मंगलबार भेटिएको थियो । बिमला घटना प्रकरणमा आफन्तले निश्पक्ष छानविनका लागि किटानी जाहेरी दिन खोज्दा पनि गौशला महानगरिय प्रहरीवृत्तले जाहेरी लिन नमानेको उनीहरुको भनाई छ ।

घटना भएको ७२ घण्टा बिति सकेको छ । तर, समता अस्पतालको सञ्चालक उत्तम सञ्जेल र उनका श्रीमती कला अधिकारी नाममा प्रहरीले किटानी जाहेरी लिन नमानेको पीडित पक्षको आरोप छ । यत्ता प्रहरीले भने अनुसन्धान भइरहेको बताउँछन् । गौशला प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक प्रदिप कुमार सिंहले यसमा डिटेल छलफल भइरहेको संक्षिप्त प्रतिक्रिया दिए ।

‘हामीले किटानी जाहेरी दर्ता नगर्ने भनेको छैनौं । पीडितलाई न्याय दिने नै हो । यसमा केही ढिलाई भएको हो,’ उनले भने ।

यो पनि पढ्नुहोस ।

समता अस्पतालको सञ्चालक सञ्जेलसहित चार जना पक्राउ

समता अस्पतालभित्रै कर्मचारी झुन्डिएको अवस्थामा, आफन्तको आक्रोसले अस्पतालमा तनाव (भिडियो)

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: