छापावाला सुन अहिलेसम्मकै महंगो : बिहिबार प्रतितोला ६४ हजार « Nagarik Khabar

छापावाला सुन अहिलेसम्मकै महंगो : बिहिबार प्रतितोला ६४ हजार



काठमाडौं । नेपाली बजारमा छापावाल सुन अहिलेसम्मकै महंगो मूल्यमा कारोबार भएको छ । बुधरबारको तुलनामा बिहिबार छापावाला सुनको मूल्य एक हजारले वृद्धि भएर ६४ हजारमा कारोबार भएको हो ।

सुनको मूल्य आकाशिएपछि बजारमा सुन किन्ने ग्राहक न्यून देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सरकारले बजेटमा सुनको भन्सार प्रतितोला एक हजार रुपैयाँले बढाउने निर्णय गरेपछि प्रतितोला ५९ हजार रहेको सुनको मूल्य ६० हजार पुगेको थियो ।
साथै, इरान र अमेरिकाबीच बढ्दो तनाव, अमेरिका–चीन व्यापार युद्धलगायतका कारणले अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रभावित भएको छ । यसको असर नेपालमा पनि परेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यको भनाइ छ ।

यसअघि नेपालमा २०७० साल भदौ १२ गते सुनको प्रतितोला मूल्य सबैभन्दा धेरै ६३ हजार ३ सय रुपैयाँ कायम भएको थियो । त्यसपछि २०७५ साल फागुन ८ गते पनि सुनको मूल्य ६३ हजार तीन सय नै कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: