सरकारले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाकै लालपूर्जा दिएन « Nagarik Khabar

सरकारले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाकै लालपूर्जा दिएन



काठमाडौं । सरकारले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाकोसमेत लालपूर्जा नदिएको खुलासा भएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाको समेत सरकारले लालपूर्जा नदिएको जानकारी दिए ।

बिहीबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा समितिका सदस्यहरुलाई उनले पशुपतिनाथको मूल मन्दिरको जग्गाको लालपूर्जा समेत सरकारले नदिएको बताए । लालपूर्जाका लागि नापी विभागमा निवेदन दिए पनि त्यहाँबाट उपलब्ध नभएकोमा आफूलाई दुःख लागेको उनको भनाइ थियो ।

सदस्य सचिव ढकालले पशुपतिनाथको जमिन भने कसैले पनि अतिक्रमण नगरेको दावी गरे । लालपूर्जा नभए पनि पशुपतिनाथको अचल सम्पत्तिको रुपमा रहेको जग्गा भने कसैले पनि अतिक्रमण नगरेको पशुपति क्षेत्र विकास कोषको भनाइ छ ।

कोषले प्राविधिक जनशक्तिको अभावमा पशुपति क्षेत्रमा रहेका सम्पदाहरुको पुनर्निर्माणको कामले गति नलिएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: