बोल्न नसक्ने महिलालाई बलात्कार गर्ने एकजना पक्राउ « Nagarik Khabar

बोल्न नसक्ने महिलालाई बलात्कार गर्ने एकजना पक्राउ



काठमाडौं । बोल्न नसक्ने ३१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

सप्तरी प्रहरीका अनुसार खड्क नगरपालिका–४ का ४५ वर्षीय मुस्तकिम मियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घाँस काट्न गएको अवस्थामा सोही ठाउँस्थित आँपको बगैचामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कडोरवनाबाट खटिएको प्रहरीले मियालाई पक्राउ गरेको प्रहरीको भनाइ छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: