बढुवा भएका प्रहरीलाई दर्ज्यानी चिह्न « Nagarik Khabar

बढुवा भएका प्रहरीलाई दर्ज्यानी चिह्न



काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हालै पदोन्नति भएका प्राविधिकतर्फका प्रहरी अधिकृतलाई बिहीबार दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

गृह मन्त्रालयको असार ३ गतेको निर्णयले प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका एक, प्रहरी उपरीक्षकमा पदोन्नति भएका आठ, प्रहरी नायब उपरीक्षकमा पदोन्नति भएका सात, प्रहरी निरीक्षकमा पदोन्नति भएका पाँच गरी २१ जना प्रहरी अधिकृतलाई बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले दर्ज्यानी चिह्न प्रदान गरे ।

पदोन्नति भएका अधिकृतमध्ये नेपाल प्रहरी अस्पताल, प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालय, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला र केनाइन महाशाखाअन्तर्गतका छन् । सो अवसरमा खनालले सङ्गठनको सोच र राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्न व्यावसायिक भावनाका साथ काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: