चार वर्षमा पनि पूरा भएन कलङ्की-नागढुङ्गा सडक « Nagarik Khabar

चार वर्षमा पनि पूरा भएन कलङ्की-नागढुङ्गा सडक



काठमाडौं । गएको वैशाख मसान्तभित्रै कालोपत्रे गरिसक्ने भनिएको कलङ्की-नागढुङ्गा सडक अहिलेसम्म पनि पूरा भएको छैन ।

चार वर्षअघि २०७२ साल असारमा ठेक्का सम्झौता भएको यो सडकमा अहिले पनि निर्माण कार्य जारी छ । आजको गोरखापत्र दैनिकमा समाचार छापिएको छ ।

कुल १० किलोमिटरको सडक कालोपत्रे गर्ने काम वैशाखभित्रै सक्ने भनिएकोमा अझै विभिन्न खण्डमा कालोपत्रे गरिएको छैन ।

ढलान गर्नुपर्ने स्थानमा भर्खर रड लगाइँदै छ । बन्नुपर्ने अधिकांश सडक पेटी पनि अधुरै छन् ।

१८ मिटर चौडा सडकको दुवैतर्फ दुई-दुई मिटर सडक पेटी र मध्यभागमा बनाउनुपर्ने मेडियनको काम बाँकी नै छ ।

पुराना मुख्य बजारक्षेत्र नैकाप, सतुङ्गल, गुर्जुधारा र थानकोट क्षेत्रमा सडकको चौडाइ नै बढाउन सकस परेको छ । ती क्षेत्रमा सडक पेटीको रेखाङ्कनसमेत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: