दुई अध्यक्षमा दरार किन ? « Nagarik Khabar

दुई अध्यक्षमा दरार किन ?



काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको एक वर्ष बित्दानबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच सरकार र पार्टी सञ्चालनका विषयमा तीब्र मतभेद देखिएको छ ।

दुई पार्टी एकीकरण हुँदा जेट विमानका दुई पाइलट भनिए पनि पछिल्लो समय उनीहरुबीच सरकार र पार्टी सञ्चालनमा दुई धार देखिएको हो । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

सरकारको कार्यशैलीप्रति बेलाबेलामा असन्तुष्टि जनाउँदै आएका दाहाल प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले लिएका पछिल्लो निर्णयको विपक्षमा देखिएका छन् ।

स्थानीय तहका ९ हजार १ सय ६१ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगले निकालेको विज्ञापनदेखि पार्टीको कार्यदिशासम्ममा फरक मत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: