सुजाता हत्याका आरोपी पक्राउ, नगद र खुकुरी पनि भेटियो « Nagarik Khabar

सुजाता हत्याका आरोपी पक्राउ, नगद र खुकुरी पनि भेटियो



पाँचथर । पाँचथरको एक माइक्रोफाइनान्समा कार्यरत सुजाता तामाङको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

सुजाताको गत मंगलबार हिलिहाङ–६ स्थित जंगलमा हत्या गरेर गाँउमै लुकिछिपी बसेका सोही स्थानका १९ वर्षीय अस्मिन भन्ने घनेन्द्र लावतीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नरेन्द्र कुँवरको कमाण्डमा खटिएको टोलीले बिहीबार गाउँमा लुकीछिपी बसेको अवस्थामा लावतीलाई पक्राउ गरेको हो ।

सुजाताको हत्या पश्चात लुटेर लगेको नगद ८१ हजार ७० रुपैँया र घटनामा प्रयोग भएको खुकुरी समेत बरामद गरी थप लावतीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: