सुरूङमा थुनिएका कामदारको सकुशल उद्धार « Nagarik Khabar

सुरूङमा थुनिएका कामदारको सकुशल उद्धार



रसुवा । उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदारलाई सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा ती कामदार भित्र थुनिएर अलपत्र परेका थिए ।

कामको सिलसिलामा सुरुङभित्र ११ नेपाली र छ चिनियाँ नागरिक थुनिएका थिए । उनीहरूको उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल खटिएका थिए । शुक्रबार बिहान कामदारलाई सुरुङबाट सुरक्षित रुपमा बाहिर निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: