सिंहदरबार कब्जा हुनै लागेको थियो, ओलीले त्यसै गरेमा फेरि कब्जा गर्छौं (भिडियोसहित) « Nagarik Khabar

सिंहदरबार कब्जा हुनै लागेको थियो, ओलीले त्यसै गरेमा फेरि कब्जा गर्छौं (भिडियोसहित)



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संघीयतानै खारेज गर्ने उद्देश्यमा लागेका छन् । ओलीका पछिल्ला क्रियाकलाप सङ्घीयता खारेज गर्नेमा केन्द्रित भएको छ । गुठी विधेयकको विरोधमा बुधवार काठमाडौँमा भएको प्रदर्शनका क्रममा सिंहदरबार नै कब्जा गर्ने हामीसँग शक्ति थियो ।

सरकारले अघिल्लो दिन हतारहतारमा फिर्ता लिएकाले कब्जा हुनबाट बच्यो । तर ओलीका क्रियाकलाप सुधारिएनन् भने हामीले फेरि सिंहदरबार कब्जा गछौं । प्रधानमन्त्री ओली छट्टु स्याल जस्तो बाठो छन् । उनले हामीले गणतन्त्रको कुरा गर्दा ठेलागाढाको कुरा गरे ।

म एमाले भित्रै थिए उनले गणतन्त्रलाई खिस्सि ट्यिुरी गर्थे । अहिले आएर देशमा दुर्भाग्य भन्नु पर्छ उनी नै प्रधानमन्त्री छन् । अहिले पनि उनको उद्देश्य भनेको सङ्घीयता खारेज गर्नु नै रहेको छ ।

आकाशमा चील आयो भनेर तल चल्ला टिप्ने छट्टु स्याल जस्तै बाठो भएका प्रधानमन्त्री सङ्घीयताको विरोधी हुन् । हामी गणतन्त्रको आन्दोलनमा जाँदा उनले संवैधानिक राजतन्त्रको कुरा गरिरहेका थिए । प्रचण्डलाई पनि उनले काम गर्न दिएनन् । पार्टीभित्र प्रचण्डलाई उनले साइडको पाइलट बनाएका छन् ।

हामीले १० प्लस १ प्रदेशको कुरा गर्दा हाम्रो कुरा सुनिएन तर देशैभर ७ सय ६१ सरकार बनाइयो । त्यसैले अहिले हामीले पहिचानलाई स्थापित गर्ने गरी ११ प्रदेशको कुरा गरेका हौँ । यो कुरा भएन भने हामी फेरि अर्को आन्दोलनमा जान्छौँ । स्थानीय तहलाई विकास युनिट बनाउनु पर्छ । हामीले राजपा नेपालसँग पनि पार्टी एकता गर्ने अन्तिम तयारी गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: