ओली-प्रचण्डबीच बालुवाटारमा छलफल: विवाद टुङ्गो लाग्ला ? « Nagarik Khabar

ओली-प्रचण्डबीच बालुवाटारमा छलफल: विवाद टुङ्गो लाग्ला ?



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद चर्किएपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ । बिहान ११:३० मा सुरु भएको छलफल जारी छ । आज दिनभर भए पनि विवादित विषयमा सहमति खोज्ने प्रयासमा दुई अध्यक्ष लागेका हुन् । आजको छलफलका आधारमा भोलि सचिवालय बैठक बस्ने छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पार्टीमा देखिएको वैचारिक तथा साङ्गठनिक विवाद हल गर्ने विषयमा छलफल केन्द्रित हुने भएको छ । सचिवालय र स्थायी समितिमा समेत अल्पमतमा परेका ओलीले पछिल्लो समय आफूलाई पेलेको महसुस गरेका छन् । तर उनी आफ्नो अडानबाट पछि हट्ने अवस्था नहुँदा पार्टी एकताले अन्तिमरुप पाउन नसकेको एक सचिवालय सदस्यले बताएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका ओलीको कार्यशैलीको पछिल्लो समय पार्टी भित्रैबाट आलोचना भएको छ । सचिवालय पारित गरेर तल्लो तहसम्म पार्टीको कार्यदिशा जनताको जनवाद लैजाने निर्णय रोक्न उपप्रधानमन्त्री समेत ईश्वर पोख्रेललाई अगाडि सारेपछि ओली विरुद्ध प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा बादल प्रस्तुत भएका छन् ।

सचिवालय बैठकले टुङ्गो लगाएको राजनीतिक कार्यदिशासहितको प्रतिवेदन तल्लो तहसम्म पुर्‍याउने सहमति गरेका ओली र प्रचण्डले आज एक्ला एक्लै छलफल गर्न लागेका हुन ।

 

नेकपामा विवाद चर्किँदो: सचिवालय बैठक स्थगित, आज दुई अध्यक्षको छलफल

 
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: