पाँच/छ हजार वर्ष पहिलेका मूर्ती हेर्यौं भने योगका आशनमा देखिन्छन् : प्रधानमन्त्री « Nagarik Khabar

पाँच/छ हजार वर्ष पहिलेका मूर्ती हेर्यौं भने योगका आशनमा देखिन्छन् : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले अस्वस्थ्य मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताएको छ । अन्तराष्ट्रिय योग दिवसको अवसरमा आज राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए ।

प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नु स्वास्थ्यका लागि उपयोगी हुने बताए । “योगको अभ्यास भाषा र लिपी सुरु हुनु भन्दा धेरै अघिबाट सुरु भएको हो” प्रधानमन्त्री ओलीले भने “मानिस स्वास्थ्य रहनकालागि योगको निरन्तरता जरुरी छ ।”

प्रधानमन्त्री ओलीले नेपालमा योगको अभ्यास परम्परागत कालदेखि हुंदै आएका प्रमाणहरु धेरै भेटिएको बताए । “हामीले पाँच÷छ हजार वर्ष पहिलेका मूर्तीहरु हे¥यौं भने पनि योगका विभिन्न आशनमा देखिन्छन्” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपालको कोशीकिनारमा बेदका ऋचाहरुको रचना भएको उल्लेख गरे । “यस्तो ज्ञान भूमीमा बस्ने हामीहरु केही समय पछि पछि परेका हौं तर अब त्यो अवस्था रहँदैन” प्रधानमन्त्री ओलीेले भने । प्रधानमन्त्री ओलीले लोभ मोह र क्रोधबाट मानिसले मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने बताए ।

प्रधानमन्त्री ओलीले देशलाई आवेश उत्तेजनातिर लैजान खोजिएको बताए । तर त्यस किसिमका प्रयासलाई निस्तेज गरेर सरकार देशलाई समृद्धिको यात्रामा अघि बढाउन प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: