चर्को गर्मीमा उपराष्ट्रपति पुन देवघाट क्षेत्रको भ्रमणमा (फोटो फिचर) « Nagarik Khabar

चर्को गर्मीमा उपराष्ट्रपति पुन देवघाट क्षेत्रको भ्रमणमा (फोटो फिचर)



काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले देशको विकासका लागि पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताएका छन् । प्रसिद्ध धार्मिक स्थल देवघाटको अवलोकन गरेका उनले झन्डै दुई घण्टा देवघाट क्षेत्रका धार्मिक केन्द्र र विभिन्न आश्रमको शुक्रवार भ्रमण गरेका हुन् ।

गलेश्वर आश्रममा आयोजित स्वागत कार्यक्रममा उनले धार्मिक पर्यटनको विकासमा सबै लाग्नुपर्नेमा जोड जोड दिएका छन्। सनातन पूर्वीय दर्शन तथा सभ्यताको संरक्षण गर्न र देवघाट क्षेत्रको विकासका लागि प्राथमिकता दिन उपराष्ट्रपति पुनले सरकारलाई सुझाव दिने बताएका छन् ।

हरिहर सन्न्यास आश्रम, परमानन्द संस्कृत विद्यापीठ, बेनी सङ्गम, अघोर आश्रम, वशिष्ठ गुफा, सिता गुफा, सिद्धेश्वर शिवालय मन्दिर, गलेश्वर आश्रम, महेश सन्न्यास आश्रम, विध्येश्वर मन्दिर दर्शन लगायतका धार्मिक क्षेत्रको उपराष्ट्रपति पुनले अवलोकन गरे । पुनलाई देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिव पौडेलले देवघाट क्षेत्रको वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

पहिलो पटक देवघाट पुगेका उपराष्ट्रपति पुनले यस क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने जानकारी दिएको पौडेलले बताए । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्न बिहीबार चितवन पुगेका पुन बेलुकी काठमाडौँ फर्किने कार्यक्रम तय भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: