करारका कर्मचारी पनि लोक सेवाले नै छनोट गरोस् : कांग्रेस « Nagarik Khabar

करारका कर्मचारी पनि लोक सेवाले नै छनोट गरोस् : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले करारमा नियुक्त गर्ने कर्मचारी पनि लोक सेवा आयोगले नै छनोट गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले करारमा नियुक्त गर्ने कर्मचारी लोक सेवा आयोगबाटै छनोट गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै बडुले राजनीतिक भागबण्डाको आधारमा करारमा कर्मचारी नियुक्त गर्ने परिपाटीको अन्त्य गर्न पनि छनोट गर्ने जिम्मेवारी लोक सेवा आयोगलाई दिन उपयुक्त हुने बताए । अति आवश्यकीय सेवाका लागि मात्रै करारमा कर्मचारी नियुक्त गर्नुपर्ने पनि नेता बडुको भनाइ छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ पम्फा भुसालले सचिव र सहसचिव करारमा राख्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने अडान दोहोर्‍याइन् उनले दिएको जिम्मेवारी बहन नगर्ने सचिवको कार्यकाल दुई वर्ष घटाउने कानुनी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: